पछिल्लो २४ घण्टामा मलुकभर ८८५ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१० भाद्र २०७७, बुधबार १६:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा मलुकभर ८८५ जनामा कोरोना पुष्टी भएको छ । यो संगै देशभर संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको नियमित मिडिया बिफिङ्गको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १९ हजार ५०४ पुगेकोछ ।
त्यसैगरी हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*