रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

खबरपथ संवाददाता
११ भाद्र २०७७, बिहीबार १२:१७

बुटवल । रुपन्देहीको बुटवलमा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ ।
लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा २ जानकीनगरकी ७० बर्षीया महिलाको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको हो ।

स्वास प्रश्वास, दिर्घरोग, प्रेसर र थाइराईडको समस्या रहेको उहाँको गत साउन २६ गते कोरोना देखिए पछि घरमा आईसोलेशन मै बसेर उपचार भईरहेकोमा स्वास्थ्यमा आएपछि थप उपचारका लागी साउन ३१ गते  धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भईरहेको थियो ।

अस्पतालले पहिलो पटक उहाँमा प्लाज्मा थेरापीद्धारा उपचार गरेको थियो । बुधबार सम्म सुधार भएकोमा राती देखि स्वास्थ्यमा थप समस्या देखिएको थियो । उहाँलाई बिहिबार पनि प्लाज्मा थेरापीद्धारा उपचार गर्ने तयारी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*