प्रदेश ५ सरकारद्धारा ७ निर्णय, घरेलु तथा सानाउधोगको दर्ता शुल्क पूर्ण छुट

खबरपथ संवाददाता
११ भाद्र २०७७, बिहीबार १५:०९

बुटवल । प्रदेश ५ सरकारले सातवटा निर्णय गरेको छ । बिहिबार बसेको प्रदेश ५ को मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णयहरु गरेको छ । जस अन्तर्गत प्रदेश ५ सरकारले घरेलु तथा साना उधोगहरुको दर्ता शुल्क पूर्णरुपमा छुट गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले प्रदेश स्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा गर्न स्विकृति प्रदान गर्ने, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिने, कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने र जसअनुसार गत साउन १ गते देखि आगामी पुस मसान्त सम्म थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयहरु :

१.प्रदेश पूर्वाधारविकासप्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

२.प्रदेश स्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने।

३.प्रदेश लोकसेवा आयोग, प्रदेश योजनाआयोग, प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान सम्बन्धमा।

४.कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थपगर्ने। जसअनुसार साउन १ गते देखि पुष मशान्त सम्म थप। कार्यदलमा संयोजक मुख्यन्यायाधिवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुनमहाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहनुभएकोछ ।

५.प्रदेश विपद व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत प्रदान गरिएको छ।

६.आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृति प्रदान गर्ने।

७.आ.व.२०७७/०७८ माल घरेलु तथा सानाउद्योगहरुको दर्ता दस्तुरपूर्ण छुट गर्ने सम्बन्धमा।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*