रुपन्देहीमा कोरोना संक्रमित पुरुषकोे मृत्यु

खबरपथ संवाददाता
१२ भाद्र २०७७, शुक्रबार ११:२६

बुटवल । रुपन्देहीमा एक जना कोरोना संक्रमित पुरुषकोे मृत्यु भएको छ । रुपन्देहीको बुटवल स्थित धागोकारखानामा रहेको कोरोना बिशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० बर्षिय पुरुषकोे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।
श्वास प्रश्वास र प्रेसरको समस्या रहेको उनमा गत भदौ ७ गते कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना बिशेष अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो ।
अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको उनको बिहिबार बिहान २ः३० बजे मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*