नेपाल आइडल सिजन–३ को बिजेता बनिन सज्जा चौलागाई

खबरपथ संवाददाता
१३ भाद्र २०७७, शनिबार ०९:२५

कठमाण्डौं । नेपाल आईडल सिजन ३ को बिजेता सज्जा चौलागाई बनेकी छिन् । । त्यसै गरी फस्ट रनरअफ प्रवीण बेडुवाल र सकेण्ड रनरअप किरण कुमार  भुजेल बनेका छन् ।
शुक्रबार राती नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा विश्वभरका दर्शकको भोटबाट र निर्णायकको मल्ङ्ककनको आधारमा  नेपाल आईडलका प्रशारण संस्था एपीवान अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आईडलको बिजेता घोषणा गर्नुभएको थियो ।
आईडल बिजेता सज्जा चौलागाईले उपाधि सहित ५० लाख रुपैया पुरस्कार प्राप्त गरेकी छिन त्यसैगरी पस्ट रअनरअप प्रवीण बेडुवालले १० लाख र सेकन्ड रनरअप किरन कुमारभुजेल ले ५ लाख प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*