त्रिविको वार्षिक परीक्षा दशैँ पछि

खबरपथ संवाददाता
१३ भाद्र २०७७, शनिबार १५:४१

काठमाण्डौ । त्रिभुवन विश्वविधालयको वार्षिक परिक्षा दशै पछि हुने भएको छ । कोरोना भाईरसको सक्रमण बढ्न थाले पछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशै पछि नै परीक्षा गर्ने तयारी गरिएको परिक्षा नियन्त्रण कार्यलयका परीषा नियन्त्रक पुस्पराज जोशीले जानकारी दिनुभयो ।
परिक्षा नियन्त्रण कार्यालयले वार्षिक परिक्षा आफैले सञ्चालन गर्ने र सेमेस्टर परीषाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि लकडाउन खुलेसंगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेस्टर र असोजको पहिलो हप्ताबाट बार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । अहिलेको स्थितिमा दशै अगाडी कुनै पनि परीषा गर्न सहज छैन , उहाँले भन्नु भयो अब बार्षिक अन्तर्गतका सबै परीषा दशैपछि नै हुन्छन् ।
उहाँका अनुसार मंसिर १५ वा २० गते देखि परीषा गर्ने तयारी गरिने बताउनुभयो । पनिकाले मंसिर २० देखि परीषा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिनुभयो । चारबर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेका छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*