सोह्रश्राद्ध वैकल्पिक माध्यमबाट गर्न तिलोत्तमाको आग्रह

खबरपथ संवाददाता
१३ भाद्र २०७७, शनिबार १६:४१

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले कोराना भाईरस समुदाय स्तरमा तिब्ररुपमा फैलिरहेकाले सोह्रश्राद्ध अर्थात्  पितृकार्य बैकल्पिक तरिका बिधुतिय (भर्चुअल) माध्यमबाट गर्नका लागी नगरबासीहरुलाई आग्रह् गरेको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दे सोह्रश्राद्ध अर्थात्  पितृकार्य आफन्त, छरछिेमेकी, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने ब्यवस्था मिलाउन पनि सबैमा आग्रह गरिएको छ ।

महामारीको समयमा पनि परम्परा संकार, रितीरिवाज, संस्कृति ,पुजा र धर्मको जगेर्ना गर्नु सबैको कर्तब्य रहेकाले तोकिएकै तिथिमा गर्नुपर्ने सोह्रश्राद्ध कार्यमा यसपटक बैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरुपुरोहितले आफना यजमानलाई समयमै जानकारी गराउने, श्राद्ध गर्नेले समेत गुरुपुरोहित संग जानकारी लिनका लागी नगरपालिकाले जनाएको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने सोह्रश्राद्ध अर्थात्  पितृकार्य यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ ।  यस्तै नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार लगायतका पारिवारीक तथा तथा समाजिक जमघट जस्ता क्रियाकलापहरुमा सहभागीता न्यूनगर्न र संभावित संक्रमणबाट सुरक्षित रहन समेत नगरबासीहरुलाई अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*