बितेको २४ घण्टामा मुलुकभर थप ८८४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१३ भाद्र २०७७, शनिबार १७:२६

कठमाण्डौ । बितेको २४ घण्टामा मुलुकभर थप ८८४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ६४२ पुरुष र २४२ महिला गरी ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो संगै संक्रमित हुनेको संख्या ३७ हजार ३४० पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या ३१३ जना रहेका छन् । यो संगै हाल सम्म कोरोना निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।
त्यसैगरी शनिवार कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ जना पुगेको प्रबक्ता डा.गौतमले जानकारी दिनुभएको छ । मृत्युहुनेहरुमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा पाल्पाका १, काठमाण्डौका २ , भक्तपुरका २ ,पर्साका २ , ललितपुरका २ ,सिराहाका १,गोरखाको १, कास्कीका १ का गरी १२ जनाको मृत्यु भएको डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५१६ जनाको भएको छ भने क्वारेन्टिनमा  ८ हजार ३५ जना रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*