बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २ सय ११ पुग्यो

खबरपथ संवाददाता
१३ भाद्र २०७७, शनिबार २०:०८

बुटवल । बुटवल उपमहानगरपलिकामा शनिवार थप ११ जना कोरोना संक्रमित पुष्टि भएको छ । यस संगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २ सय ११ पुगेका छन् । हालसम्म ५४ जना संक्रमित निको भएका छन् ।
शनिवार वडा नं. ३ मा २ जना वडा नं. ४ ,६, ८ र १२ मा एक, एक जना संक्रमित थपिएका छन् । त्यसैगरी वडा नं. ११ मा ३ जना र ठेगाना नखुलेका २ जनामा संक्रमित थपिएका छन् ।

त्यसै गरी वडा नं ११ मा ६१ जना, वडा नं ३ मा २८ जना, वडा नं १३ मा २५ जना, वडा नं ९ मा १२ जना , वडा नं ४ मा १३ जना, वडा नं ६ मा १४ जना , वडा नं ८ मा १३ जना, वडा नं १२ मा १२ जना,वडा नं १ मा ७ जना , वडा नं २ मा ४ जना, वडा नं १५ मा ३ जना, वडा नं १६ र १७ मा २,२ जना र वडा नम्बर ५ र १० मा १, १ जना संक्रमित रहेका छन् भने अन्य १३ जनाको ठेगाना खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*