रुपन्देहीमा जारी निषेधआज्ञा भदौ २० गते सम्म थप

खबरपथ संवाददाता
१४ भाद्र २०७७, आईतवार १९:२९

बुटवल । रुपन्देहीमा जारी निषेधआज्ञा भदौ २० गते सम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दे भदौ २० गते राती १२ः०० बजे सम्मका लागी निषेधआज्ञा जारी जनाएको हो ।

जिल्लास्तरीय कोभिड १९ ब्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गते सम्म निषेधआज्ञा थप गर्न सिफारीस गरेको थियो । आदेश विपरीतका कुनै गतिविधीभएमा ऐन अनुसार कारवाही हुने  जनाईएको छ । जिल्ला प्रशासन कार्यालयले दोसो पटक भदौ १४ गते राती १२ः०० सम्म निषेधआज्ञा जारी गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*