बुटवल उपमहानगरले निषेधआज्ञालाई थप कडाई गर्ने

खबरपथ संवाददाता
१४ भाद्र २०७७, आईतवार २०:३०

बुटवल । कोरोना भाईरसको संक्रमण समुदायस्तरमा बढेका कारण जिल्ला प्रशासन कार्यालयले जारी निषेधआज्ञालाई भदौ २० गते सम्मको लागी थप गरेको छ । यो संगै बुटवल उपमहानगरपालिकाले जारी निषेधआज्ञालाई थप कडाई गर्ने भएको एक सुचना जारी गरी जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिकाद्धारा अत्यावश्यक सेवाहरुमात्र माक्स , सेनेटाईजर र पञ्जालगाई संचालन गर्न सकिने बताएको छ । त्यसै गरी निषेधआज्ञाको समयमा अनुमती प्राप्त सवारी साधन बाहेक अन्य साधनहरुमा संचालनमा रोक लगाईएको छ । खाध्यन्न, किराना, डिर्पाटमेन्टल स्टोर, तरकारी, फलफुल,दुध र दानाका पसलहरुले आवश्यक दुरी कायम गरी बिहान ६ बजे देखि ९ बजे सम्म र साँझ ४ः३० देखि ६ः३० बजे सम्म संचालन गर्न पाउनेछन् । त्यस्तै बिधुत, खानेपानी , वारुणयन्त्र, सरसफाई सम्बन्धी सेवा र दाना ओसारपसारमा प्रयोग हुने सवारी साधन संचालन हुनेछन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले नगद कारोबार गर्न नपाउने, अनलाईनमात्र कारोबार गर्ने , सहकारी संस्थाहरु पुर्ण रुपमा बन्द रहनेछन् । भने अत्यावश्क भएमा राष्ट्रबैंकको निर्देशन अनुसार गर्नुपर्नेछ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*