पछिल्लो २४ घण्टामा मलुकभर थप १,२२१ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१४ भाद्र २०७७, आईतवार २१:२१

काठमाडौं। पछिल्लो २४ घण्टामा मलुकभर थप १ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमति मिडिया बिफिङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले आईतबार ८७३ पुरुष र ३४८ महिला गरि १२२१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभएको छ ।

मन्त्रालयकाका अनुसार जसमा प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना, पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, भक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, पाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कञ्चनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी पछिल्लो २४ घण्टामा थप २६७ जना कारोना निको भएका छन् । यो संगै देशभर कोरोनाबाट निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ।

त्यसै गरी डा. गौतमका अनुसार थप १४ जना कोरोनाका कारण मृत्यु भएको छ यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*