लामोदूरीका सवारी साधन र आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्को निर्णय

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार ०८:५४

काठमाडौं । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लामो दूरीको सवारी साधन र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १५ गतेबाट खुला नगर्ने निर्णय भएको थियो । यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ।

बैठकले अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*