रुपन्देहीमा होमआइसोलेशनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार १३:२०

बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ५ की ६८ बर्षिया महिलाको आईतबार राती ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको उनी होमआईसोलेसन मै बसेकी थिईन । उनको स्वास्थमा समस्या आएपछि भीम अस्पताल भैरहवामा लैजाने क्रममा मृत्यु भएका हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*