दाङमा एक हप्ता निषेधआज्ञा जारी

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार १४:३२

दाङ । कोरोना भाईरस संक्रमण समुदाय स्तरमा बढेपछि दाङमा एक हप्ता निषेधआज्ञा जारी गरिएको छ ।
जिल्ला स्तरीय संकट ब्यवस्थापन समिति दाङको बैठकले भदौ १४ गते राती १२ः०० बजे देखि भदौ २१ गतेसम्म निषेधआज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

जारी निषेधआज्ञाका समयमा जिल्लाभर सार्वजनिक यातायातका साधन, ब्यापार , मेलामहोत्सव ,सभा , भेला जुलुस लगायतका जमघट र भिडभाड गर्न पाईने छैन ।
अत्यावश्क सरकारी कार्यालयहरु थोरै सिमित कर्मचारीको उपस्थितीमा कार्यालय सञ्चालन गरिने प्रजिअ रिजालले बताउनुभयो ।

निषेधआज्ञाका कारण सोमबार जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही पुर्ण रुपले बन्द भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*