पछिल्लो २४ घण्टामा मुलुकभर थप ८९९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार १९:०१

काठमाण्डौ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ मन्त्रालयलको सोमबार नियमित मिडिया ब्रिफिङमा प्रबक्ता जागेश्वर गौतमले पुरुष ५९६ जना र महिला ३०३ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या ३९ ४६० पुगेको छ ।
हाल सम्म २१ ह्जार ४१० जना संक्रमित निको भएका छन् । त्यसै गरी पछिल्लो २४ घण्टामा नेपालमा थप चार बर्षिय बालक सहित ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बालिका सहित ३ महिला र ४ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।
प्रबक्ता डा. गौतमका अनुसार महोत्तरीमा ४ बर्षिया बालिकाको कारोनाबाट मृत्यु भएको छ । त्यसै गरी गोरखाामा ६७ बर्षिय र रुपन्देहीमा ६८ बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापामा ८६ बर्षिय,रौतहटमा ४० बर्षिय ,चितवनमा ७८ र भक्तपुरमा ७७ बर्षिय पुरुषको मुत्यु भएको छ । यस संगै नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*