भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार १९:५२

काठमाण्डौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित ८४ बर्षिय मुखर्जीको सोमबार नयाँदिल्ली स्थित आर्मीआरआर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनका छोरा अभिजित मुखर्जीले टुइटरमार्फत उनको निधनको पुष्टी गरेका हुन ।
पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*