काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार २०:४०

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भएको छ । दुई दिन अघि स्वाब दिएका उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

‘हामी कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिरहेका थियौं । त्यही क्रममा मलाई संक्रमण भएछ । तर मेरो मनोबल उच्च छ’ उनले भने ।

उनलाई लक्षण केही छैन र उनी अहिले होम आइसोलेसनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*