रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार १ पुग्यो

खबरपथ संवाददाता
१५ भाद्र २०७७, सोमबार २१:२९

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप २५ जनामा कोरोना पुष्टी भएको छ । योसंगै सोमबार रुपन्देहीमा कुल संक्रमितको संख्या १ हजार १ पुगेको स्वास्थ कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ कार्यालयका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ९ जना पुरुष र ७ जना महिला गरी १६ जना , सिद्धार्थ नगरपालिकामा ३ जना, तिलोत्तमानगरपालिकामा ३ जना, ओमसतियामा २ जना र कोटहीमाईमा १ जनामा संक्रमण पुष्टि भएको हो। जसमा १० महिला र १५ पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*