लायन्स क्लब अफ बुटवल मणिमुकुन्दद्धारा आयुर्वेदिक औषधी प्रदान

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार ०९:२४

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले कोरोना भाईरस (कोभिड १९) संक्रमितहरुको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधी र स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

बुटवल –११ देविनगर स्थित एन्फा एकेडेमीको आईसोलेशनमा रहेका संक्रमितहरुलाई सामाग्री उपलव्ध गराईएको क्लवका सचिव लेखनाथ वस्यालले जानकारी दिए । सोमवार क्लवका अध्यक्ष यदुमणी पोख्रेलले वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई उक्त सामाग्री हस्तान्तरण गरे । वडा अध्यक्ष क्षेत्रीले आत्मवल वलियो वनाउदै आयुवेदिक औषधीवाटै कोरोना भाईरसलाई पराजित गर्न सकिने बताउदै क्वलहरुको सहयोग र सहकार्यको लागि धन्यवाद दिएका थिए ।

लुम्विनी आयुर्वेदिक अस्पतालका योग गुरु विष्णुहरी आचार्यले आयुर्वेदीक औषधीको महत्व वुझेका कारण लायन्स क्ववले आयुर्वेदिक औषधी उपलव्ध गराएको भन्दै धन्यवाद दिएका थिए ।

क्लव गुडुची, जिवनजल, माक्स, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको क्लवका पुर्व अध्यक्ष कमल थापा क्षेत्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*