‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित बुटवलमा फुड बैंक सञ्चालन

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार ११:३५

बुटवल । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित बुटवलमा फुड बैंक सञ्चालन भएको छ । निषेधआज्ञाको कारण काम गर्न नपाउँदा खाध्यान्नमा समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी फुड बैंक सञ्चालनमा आएको हो ।
सामाजिक संञ्चाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानद्धारा बुटवल ११ देवीनगरमा फुड बैंक संचालनमा ल्याएको हो ।
फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताए ।

एक परिवारलाई ३ केजी चामल, १ केजी दाल, १ पोका तेल, एक पोका नुन, एक पोका सोयाबिन, चाउचाउ, चिउरा, सम्भव भएसम्म हरियो तरकारी तथा मास्क र सेनिटाइजर समेत वितरण गरिने डुम्रेले बताए । वडा कार्यालय, टोल विकास संस्था र स्थानीय क्लबहरुसँगको समन्वयमा खाद्यान्न लिनेहरुको अभिलेखीकरण गरी दुरुपयोग हुन नदिइने उनले बताए ।

दैनिक २५ देखि ४० परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको डुम्रेले बताए ।
यस अघि रुपन्देहीको भैरहवामा मायादेवी च्यारिटेबल फाउण्डेसनले पनि फुड बैंक सञ्चालनमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*