बैक तथा वित्तीय संस्थाको सेवा बन्द गर्न तिलोत्तमाको आग्रह

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार १३:०१

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निषेधआज्ञाको बेलामा अनुगमन गर्दा कतिपय बैक तथा वित्तिय संस्थाहरुले जनशक्ति परिचालन गरी कारोबार गरिरहेको पाईएकाले सेवा बन्द गर्न आग्रह् गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गरि नगरक्षेत्र भित्र समुदाय स्तरमा तिब्रगतिमा कोरोना संक्रमण फैलिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका बैक ,बित्तिय संस्था, लघुबित्त तथा सहकारी संस्थाहरुले कार्यालय खोली गाउ गाउमा समेत आर्थिक कारोबार गरिरहेको अनुगमनको क्रममा पाइएको भन्दै अर्को सुचना जारी नहुदा सम्मका लागी कारोबार नगर्न आग्रह् गरेको हो ।

नगरपालिकाका प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्धारा जारी गरिएको सूचनामा हालको बिषम परिस्थितिमा आफु र समाजलाई सुरक्षित राख्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

नगरस्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले  भदौ २० गते राती १२ः०० सम्म निषेधआज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*