भिम अस्पतालमा आईसियु संचालन

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार १३:२५

बुटवल । कोरोना संक्रमितको उपचार गर्ने रुपन्देहीको भिम अस्पतालमा आइसीयू संचालन भएको छ । अस्पतालमा जनशक्तिको अभावमा आइसीयू संचालन हुन सकेको थिएन । भिम असपतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतिले आईसियु संचालनको लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि सोमवारदेखि आइएसियु संचालन भएको जानकारी दिए। अस्पतालमा ५ वेडको आईसियु संचालनमा आएको हो । संक्रमितहरुको उपचारको लागि २२ आईसोलेशन वेड पनि तयार भईसकेको छ । आईसियुमा ५ जना विरामी भर्ना भएका छन भने आईसोलेशन वेड पनि भरिएको डा प्रजापतिले जानकारी दिए ।
यसैविच सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार भिम अस्पतालको अवलोकन गरेका छन । मन्त्री वरालले कोभिड १९ को लक्षण देखिएका क्रिटिकल विरामीको संख्या वृद्धि हुदै जादा आईसियु वेड क्षमता वृद्धि गर्नु परेकाले आईसियु संचालन गरिएको बताउदै संक्रमितको उपचारमा कुनै कसर वाकी नराख्न निर्देशन समेत दिएका थिए । आवश्यक जनशक्ति र वजेट अभाव हुन नदिने बताउदै मन्त्रि बरालले गुनासो रहित ढंकले विरामीको उपचारमा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
प्रदेश ५ मा आइसीयू बेड ३४ वटा छन । जसमध्ये बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६, भैरहवाको भीम अस्पतालमा ५, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ८ र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ वटा बेड छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*