रुपन्देहीमा थप ६३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार १५:०९

बुटवल । रुपन्देहीमा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका का ३१ जना, तिलोत्तमा नगरपालिकाका १६ जना , रोहिणी गाउपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

तिलोत्तमाका नयाँ संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ६४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*