पछिल्लो २४ घण्टामा मुलुकभर थप १०६९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार १७:२३

काठमाण्डौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया बिफ्रिङ्गमा प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३४४ जना र पुरुष ७२५ जनामा कोरोना पुष्टी भएको जानकारी दिनुभएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७६८ जना निको भएको छन् । यो संगै देशभर कोरोना निको हुनेहरुको संख्या हालसम्म २२ हजार १७८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी देशभर कोरोना भाईरसबाट थप ११ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

स्वास्थ मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको जानकारी दिनुभएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*