रुपन्देहीमा थप ७३ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार २०:२८

बुटवल । बितेको २४ घण्टामा रुपन्देही थप ७३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै रुपन्देहीमा संक्रमितको संख्या १ हजार ७४ पुगेकोे छ । स्वास्थ कार्यालय रुपन्देहीका अनुसार मंगलबार ४३ जना पुरुष र ३० जना महिलामा कोरोना पुष्टि भएको हो।
स्वास्थ कार्यालयका अनुसार संक्रमित हुनेहरुमा बुटवल उपमहानगरपालिकका ३१ , तिलोत्तमा नगरपालिकाका २० जना , सिद्धार्थनगरपालिकाका ५ जना ,देवदह नगरपालिकाका १ जना, रोहिणी गाउपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।
कारोना संक्रमणबा बाट ४३५ जना निको भएका छन् । हाल आईसोलेसनमा ६२९ जना उपचाररत रहेका छन् । हालसम्म रुपन्देहीमा कोरोनाका कारण १० जना मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*