युथ क्यानद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार २१:३८

बुटवल । युथ क्यान अर्थात राष्ट्रिय कार्यमा युवा समिति संस्थाले यस कोरोना महामारीको बेलामा अग्र पंतिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले आज ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेलाई सामाग्री हस्तान्तरण गरेको हो । साथै बुटवलका विभिन्न स्थानमा रहेका प्रहरी विटमा समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।


संस्थाले स्वास्थ्य सुरक्षाका लागि अतिआवश्यक माक्स, सेनिटाईनर, पानि बोलत, फेस सिल्ड, साबुन, पञ्जा लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष रामु पाण्डेले जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष पाण्डेले जिम्मेवार युवा कार्यक्रम अन्तरगत पछिल्लो समय सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई दिनप्रतिदिन बढ्दो क्रममा कोरोना संक्रमण देखिएकोले सहयोग हस्तान्तरण गरेको बताएका थिए । साथै यो अभियान रहेको बताउदै यस्ता कार्यक्रमहरु निरन्तर अगाडि बढ्ने बताउदै अभियानमा साथ दिने प्रकास डुम्रे, शिखर ज्ञवाली, दिवश खनाललाई धन्यबाद दिएका थिए ।


प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक पाण्डेले कार्यक्रमको प्रशंसा गर्दै संस्था र यस अभियानलाई साथ र सहयोग रहेको बताउदै संस्थालाई धन्यबाद दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*