भैरहवामा कोरोना संक्रमित महिलाको मुत्यु

खबरपथ संवाददाता
१७ भाद्र २०७७, बुधबार ०९:०३

बुटवल । रुपन्देहीको भैरहवामा एक कोरोना संक्रमित महिलाको मुत्यु भएको छ । भिम अस्पताल भैरहवामा उपचाररत नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ बर्षिय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
मधुमेह, उच्चरक्तचापको समस्या रहेको उनमा भदौ १४ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको आईसियूमा राखेर उपचार भैइरहेको उनको मंगलबार राती ९ः४५ बजे मृत्यु भएको सूचना अधिकारी डा.पोख्रेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*