बुटवलमा कोरोना संक्रमित महिलाको मुत्यु

खबरपथ संवाददाता
१७ भाद्र २०७७, बुधबार १२:३७

बुटवल । बुटवलमा एक कोरोना संक्रमित महिलाको मुत्यु भएको छ । कोरोना बिषेश अस्पतालको आईसियूमा उपचाररत कपिलवस्तु नगरपालिका ११ की ६० वर्षिया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतलाले जनाएको छ ।

ज्वरो , श्वासप्रश्वासमा समस्या , दिर्घरोग र उच्चरक्तचापको समस्या रहेको उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । कोरोना बिषेश अस्पतालको आईसियूमा राखेर उपचार भैइरहेको उनको बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको  अस्पतालले जनाएको छ ।

उनी गत भदौ ७ गते कोरोना पुष्टी भई अस्पताल भर्ना भएकी थिईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*