पछिल्लो २४ घण्टामा देशभर थप ११२० जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१७ भाद्र २०७७, बुधबार १९:४९

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ११२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ३२० महिला र ८०० जना पुरुषमा कोरोना पुष्टी भएको जानकारी दिनुभएको छ ।
यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मुत्यु भएको छ । जसमा ६ जना महिला र ६ जना पुरुषको मृत्यु भएको हो । जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा बाराको ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको मृत्यु भएको छ । यससंगै हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

कहाँ कति थपिए ?

डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका एकजना, झापाका ११ जना, धनकुटाका २ जना पाँचथरका एकजना, भोजपुरका ३ जना, मोरङका ५३ जना, सुनसरीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६३ जना, पर्साका ४९ जना, बाराका २३ जना, महोत्तरीका ३१ जना, रौतहटका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका ५० जना, सिरहाका १५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका एकजना, चितवनका ४३ जना, धादिङका २ जना, नुवाकोटका एकजना, भक्तपुरका ९ जना, मकवानपुरका ३३जना, रामेछापका २ जना, ललितपुरका २९जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २४ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका १६ जना, पर्वतका एकजना, लमजुङका १९ र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, दाङका ६ जना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, प्युठानका २ जना, बर्दियाका ५ जना, बाँकेका ४१ जना, रुपन्देहीका २७ जना र रोल्पाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २१ जना, जुम्लाका ३७ जना, दैलेखका एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजना, कंचनपुरका ३ जना, कैलालीका १३ जना, डडेल्धुरका एकजना, बझाङका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*