सोह्रश्राद्ध बैकल्पिक माध्यमबाट गर्न बुटवल उपमहानगरको आग्रह

खबरपथ संवाददाता
१८ भाद्र २०७७, बिहीबार ०८:३२

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना भाईरस संक्रमणको उच्च जोखिमको अवस्था रहेकाले सोह्रश्राद्ध गर्दा बैकल्पिक माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दे एक पुरोहित धेरै जनाको घरमा जाने प्रचलन रहेकोले सो नगरी बैकल्पिक (भर्चुअल) माध्यमबाट श्राद्ध गर्न अनुरोध गरिएको हो ।

सोह्रश्राद्धमा परिवारका सदस्यहरु मात्रै सहभागी हुन पनि नगरपालिकाले आह्वान गरेको छ । माहामारीको समयमा पनि परम्परागत सस्कार ,संस्कृति ,धर्म र पुजाआराधना जस्ता कार्यहरुको जगेर्ना गर्नुपर्ने हाम्रो कर्तब्य भएकोले तोकिएकै तिथिमा गर्नुपर्ने श्राद्ध  यसपटक बैकल्पिक विधि अपनाउन सकिने भएकाले गुरुपुरोहितहरुले समेत प्रविधीको प्रयोग गरी श्राद्ध गर्ने ब्यवस्था मिलाउन आफना यजमानहरु संग परामर्श गर्न आग्रह गरिएको छ ।

त्यस्तै जन्म , न्वारन , विवाह , मृत्यु जस्ता संस्कार गर्दा न्यनतम संख्या सावधानीका साथ सामेल हुन पनि उपमहानगरले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*