बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

खबरपथ संवाददाता
१८ भाद्र २०७७, बिहीबार १३:३२

बुटवल । रुपन्देहीको बुटवलमा  उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पाताल बुटवलका अनुसार सैनामैना नगरपालिका ११ की ७७ बर्षिया महिलाको बिहिबार बिहान ४ः३० बजे मृत्यु भएको हो । उनी बुधबार ७ बजे उपचारका लागी लुम्बिनी अस्पताल आएकी थिईन । अस्पताल आउँदा ज्वरो रहेको उनलाई जिन एक्सपर्टबाट परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी ३/४ दिन देखि निमोनियाले ग्रस्त थिईन ।

त्यसै गरी बुटवलको सामुदायिक मुटु अस्पतालको भेन्टिलेटरमा उपचाररत प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.७ का ५८ बर्षिय पुरुषको बुधबार राती मृत्यु भएको स्वास्थ कार्यालय प्यूठान शाखा प्रमुख दलबहादुर केसीलेले जानकारी दिए ।

निमोनिया र लिभरमा समस्या देखिएपछि उनलाई उपचारका लागी भदौ १० गते सामुदायिक मुटु अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा भदौ १५ गते स्वाव संकलन गरी परिक्षण गर्दा भाद्र १६ गते कोरोना पुष्टि भएको थियो ।
अस्पतालको भन्टिलेटरमा उपचाररत उनको बुधबार राती ९ः१० बजे मृत्यु भएको अस्पातलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*