पछिल्लो २४ घण्टामा देशभर १२२८ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१८ भाद्र २०७७, बिहीबार १९:२५

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर १२२८ जनामा कोरोना पुष्टी भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रबक्ता डा. जागेश्वर गौतमले ३९४ महिला र ८३४ जना पुरुषमा कोरोना पुष्टी भएको जानकारी दिनुभयो ।
त्यसै गरी बितेको २४ घण्टामा ९१७ जनामा कोरोना निको भएका छन् भने हालसम्म देशभर मुलुकभर कोरोना निको हुनेको संख्या २४ हजार २०७ जना पुगेका छन् ।
त्यसैगरी बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै कारोनाका कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

कहाँ कति थपिए ?

प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका ७ जना, झापाका १२ जना, तेह्रथुमका २ जना, धनकुटाका ३ जना मोरङका ४६ जना, संखुवासभाका ६ जना र सुनसरीका २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६४ जना, पर्साका ६५ जना, बाराका ७१ जना, महोत्तरीका २० जना, रौतहटका २९ जना, सप्तरीका एकजना र सर्लाहीका १०९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ४२ जना, मकवानपुरका २२ जना, रामेछापका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३१ जना, गोरखाका ५ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ६ जना, लमजुङका ९ र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ११ जना, गुल्मीका १० जना, दाङका ४ जना, नवलपरासीका ९ जना, पाल्पाका २ जना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ८ जना र रुपन्देहीका ५२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २ जना, जाजरकोटका एकजना, दैलेखका ६ जना,सल्यानका २ जना र सुर्खेतका ७ जनामा कोरोना पुष्टि भएको छ

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ६ जना, कंचनपुरका ३ जना, कैलालीका १५ जना, डोटीका ४ जना, दार्चुलाका २ जना, बझाङका १० जना र बैतडीका २ जनामा कोरोना पुष्टि भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*