ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यू

खबरपथ संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०९:१४

काठमाण्डौं । ललितपुर जिल्लामा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच बिहिबार निषेधाज्ञा उलंघन गरी स्थानियले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि आज राति १० बजे सम्मका लागी कर्फ्यु जारी गरिएको हो ।

शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्मका लागी एक दिन कर्फ्यूको आदेश जारी भएको ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरापुल सम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्भावित घटनालाई मध्यनजर गरी प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*