बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

खबरपथ संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ११:५५

बुटवल । बुटवलमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलको कारोना बिशेष अस्पतालमा सघन कक्षमा उपचाररत बुटवल ८ का ७८ बर्षिय पुरुषको मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

ज्वरो , खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको कोरोना पुष्टी भई भदौ ४ गते अस्पाताल भर्ना भएका थिए । अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ९ बजे मृत्यु भएको सुचना अधिकारी डा. गौतमले जानकारी दिनुभयो ।

उनको बिगत ९ दिनदेखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*