रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मुत्यु

खबरपथ संवाददाता
१९ भाद्र २०७७, शुक्रबार १५:०१

बुटवल । रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मुत्यु भएको छ । भैरहवामा होम आईसोलेसनमा बसेका एक जना पुरुष र बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत एक महिलाको मुत्यु भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर ८ का ४५ बर्षिय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो । उनी मिर्गौला रोगी थिए। उनको केही दिनअघि मिर्गौलाको डायलासीस गर्न चितवन गएका बेला त्यहीको अस्पतालमा स्वाब टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको कोरोना फोकल पर्सन केदारनाथ शाह जानकारी दिनुभयो ।

त्यस्तै बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर ७ की ६४ बर्षिया महिलाको शुक्रबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियको समस्या रहेको उनको भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनी भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी थिईन् । शुक्रबार बिहान नै बुटवलको कोरोना अस्पतालमा बुटवल – ८ का ७८ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

योसंगै रुपन्देहीमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*