बुटवल उवासंघको कस्मेटिक समितिद्धारा खाद्यान्न वितरण

खबरपथ संवाददाता
१९ भाद्र २०७७, शुक्रबार १६:४५

बुटवल ।  बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो ।
कोरोना भाईरस महामारीको चपेटामा परेका दैनिक ज्याला मजदुरी गरि खाने अति बिपन्न परिवारलाई प्रति परिवार ५ किलो चालम तथा एक एक किलो दाल, सोयाविन, नुन र १ लिटर तेल प्रदान गरिएको समितिका उपाध्यक्ष अलिम दिनले बताउनु भयो ।
विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (काभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडान गरेको र झण्डै ४ महिनामा देशव्यापी लकडाउन अन्त्य गरिएपनि जिल्ला प्रशासन तथा स्थानीय सरकारले गरेको लकडाउनका लागि विपन्न परिवारलाई साँझ बिहान हातमुख जोड्न समेत धौ धौ परेकाले केही भएपनि राहतकालागि समितिले खाद्यान्न प्रदान गरिएको उहाँ बताउनु हुन्छ । त्यस अवसरमा वडा अध्यक्ष जगदिश आचार्यले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेर सरकारले गर्नुपर्ने काम उद्योगी व्यबसायीहरुको समितिले गरेकोमा समितिलाई धन्यवाद दिनुभयो ।

त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुले कोरोना भाईरस महामारीका कारण करिव ६ महिना उद्योग व्यापार व्यबसाय ठप्प भएको र उद्योगी व्यबसायी धाराशायी भएको वेलामा पनि संघको बस्तुगत समितिले अति विपन्न परिवारलाई राहत प्रदान गर्ने काम सामान्य नभएको बताउनु भयो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको बताउँदै यो राहत वितरण पनि त्यसैको उदाहरण भएको बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, मुक्ति अधिकारी समेत सहभागि हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन समितिका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*