बितेको २४ घण्टामा मुलुकभर थप १,३५९ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१९ भाद्र २०७७, शुक्रबार १९:२२

काठमाण्डौं । बितेको २४ घण्टामा मुलुकभर थप १,३५९ जनामा कोरोना पुष्टी भएको छ ।  स्वास्थ तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागश्वर गौतमले ४६४ जना महिला र ८९५ जना पुरुष संक्रमित भएको जानकारी दिनुभएको छ ।

त्यस्तै बितेको २४ घण्टामा १,३५४ जना कोरोनाबाट निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ ,७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १०, ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा थप ७ ,४६२ जना रहेका छन् ।

कहाँ कति थपिए ?

प्रवक्ता डा.गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका १ जना, खोटाङका २ जना, ओखलढुंगाका २ जना, झापाका २८ जना, मोरङका ७६ जना र सुनसरीका ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४३ जना, पर्साका २७ जना , बाराका २१जना, महोत्तरीका ४६ जना, रौतहटका २ जना, सप्तरीका २६ जना, सर्लाहीका ८० जना र सिरहका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३८६ जना, काभ्रेका ७ जना, चितवनका ८२ जना, दोलखाका २ जना, धादिङका १९ जना, नुवाकोटका ५ जना, भक्तपुरका ३६ जना, मकवानपुरका १८ जना, रसुवाका एकजना, रामेछापका १३ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका ४ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २० जना, गोरखाका २६ जना, तनहुँका १२ नवलपरासी पूर्वका २८ जना, म्याग्दीका एकजना, लमजुङका १० जना, बाग्लुङका १ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ७ जना, गुल्मीका २ जना, दाङका ७ जना, पाल्पाका ६ जना, बर्दियाका १४ जना, बाँकेका ४८ जना, रुकुम पूर्वका १ जना र रुपन्देहीका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका २ जना, जुम्लाका २१ जना, दैलेखका ९ जना, रुकुम पश्चिमका १ जना, सल्यानका एकजना, सुर्खेतका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १ जना, कंचनपुरका ५ जना, कैलालीका ५२ जना, डोटीका ४ जना, दार्चुलका ३ जना, बझाङका ३ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*