अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाद्धारा राजिनामा

खबरपथ संवाददाता
१९ भाद्र २०७७, शुक्रबार १९:५५

काठमाण्डौ । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले राजिनामा दिनुभएको छ । उहाँले केपी शर्मा ओली समक्ष राजिनामा बुझाउनुभएको हो ।
प्रधानमन्त्री केपी ओलीले सरकारमा बसेर काम गरेको प्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिनुभएको छ ।  डा. खतिवडा गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनुभएको थियो । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बन्नु भएको खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ ।

डा. खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै उहाँले त्यसको जग बसाल्न सफल भएको दाबी गर्नुभएको छ । आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*