सियारीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

नरेश चौधरी
१९ भाद्र २०७७, शुक्रबार २१:३४

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वडा नं.१ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकी छन् । शुक्रबार उनी कोरोनालाई जिते पछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताएका छन् ।
रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्रयक ट्रेसिङ्गका क्रममा ९६ वार्षिय हजुरआमा र ५४ वार्षिय आमालाई पनि कोरोना देखिएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तिका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षिय हजुरआमा र आमा  (पहिलो संक्रमितका आमा) घरमै होम आइसोलेशन र नाती (पहिलो संक्रमित) भैरहवा होम आईसोलेसनमा रहेका थिए । उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आईसोलेसनको बसाई पछि ड्ब्लु.एच.ओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्ने गरि आईसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*