बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

खबरपथ संवाददाता
२० भाद्र २०७७, शनिबार ०९:१७

बुटवल । रुपन्देहीको बुटवल स्थित कोरोना बिशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सुचना अधिकारी डा.विष्णु गौतमका अनुसार बुटवल ११ का ४० बर्षिय पुरुषको शुक्रबार राती ११ः४० बजे मृत्यु भएको हो । उच्च ज्वरो र स्वास प्रश्वास सम्बन्धी समस्या रहेको उनि भदौ १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यसै गरी नवलपरासी प्रतापपुर गाउँपालिका २ की ३७ बर्षिया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो ।   उच्च ज्वरो ,र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिईन ।  दुवैजनामा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए ।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*