रुपन्देहीमा भोलिदेखि बजार खुल्ने, निश्चित समयका लागी लकडाउन खुकुलो

खबरपथ संवाददाता
२० भाद्र २०७७, शनिबार १२:५९

बुटवल । रुपन्देहीमा निश्चित समयका लागी लकडाउन खुकुलो पारिएको छ । कोभिड नियन्त्रण तथा जिल्लासंकट ब्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले जारी लकडाउनलाई आईतवार देखि खुकुलो बनाउने निर्णय गरेको हो ।

व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने भएको छन् । त्यसैगरी दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाउने भएको छन् ।
त्यस्तै सरकारी कार्यालयहरुमा भिडभाड नहुने गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको ब्यवस्था मिलाउनको लागाी आदेश जारी गरिएको छ ।
बैंक तथा बित्तिय संस्थाहरुहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने ब्यवस्था मिलाएर सेवा दिन सक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।
उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने र विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आवत जावतमा पनि रोक लगाएको छ । तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने जारी सुचनामा उल्लेख गरिएको छ ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन् ।

जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइने छैन । मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन् । यो निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ बजेसम्म कायम रहनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*