बितेको २४ घण्टामा मुलुभर थप १,०४१ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२० भाद्र २०७७, शनिबार १७:१७

काठमाण्डौं । बितेको २४ घण्टामा मुलुभर थप १०४१ जनामा कोरोना पुष्टी भएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ३४९ जना महिला र ६९२ जना पुरुषमा  संक्रमण पुष्टी भएको बताउनु भएको छ । योसंगै देशभरमा हालसम्म ४५,२७७ जना संक्रमित पुगेको उहाँले बताउनुभयो ।

यस्तै बितेको २४ घण्टामा १,५६६ जनामा कोरोना निको भएको छ भने हालसम्म कुल २७,१२७ जना कोरोना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । जसमा मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको  मृत्यु भएको  हो ।
त्यस्तै पर्साका ७५ वर्षका पुरुष, महोत्तरीका ७८ वर्षका पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*