पाल्पामा लकडाउनको स्वरुप परिवर्तन

भोजराज भट्टराई
२० भाद्र २०७७, शनिबार १७:२६

पाल्पा  । कोरोना संक्रमणको जोखिम बढेसँगै पाल्पामा जारी लकडाउनको स्वरुप परिवर्तन गरिएको छ । पाल्पामा भाद्र ५ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारि गरिएको थियो । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड १९ नियन्त्रणका लागि भाद्र २० गतेदेखि अन्तर जिल्ला (सीमा) कडाई गर्ने र आन्तरिक गतिविधि खुला गर्ने निर्णय गरेको पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । यसअघि शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी न्यौपानेले शुक्रबार बिहान जारी निषेधाज्ञाको समीक्षा र पुनरावलोकनको लागि सिसिएमसी बैठक बसेर निष्कर्ष निकालिने जानकारी दिनुभएको थियो ।
परिवर्तित लकडाउनको व्यवस्थामामा के छ हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*