पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२१ भाद्र २०७७, आईतवार १७:११

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना पुष्टी भएको छ । आईतबार नियमति मिडिया ब्रिफिङ्गमा स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २९० जना महिला र ६९० जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिनुभएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या ४६,२५७ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा १,८१४ जना कोरोना निको भएका छन् । योसंगै कोरोना संक्रमितबाट निको हुनेको संख्या २८,९४१ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै आईतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । योसंगै मुलुकभर हाल सम्म २८९ जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभएको छ ।

गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका १ जना, ओखलढुंगाका १ जना, झापाका २८ जना, ताप्लेजुङका १ जना, भोजपुरका १ जना, मोरङका २९ जना र संखुवासभाका ६ जना र सुनसरीका ८६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका १० जना, पर्साका २५ जना , बाराका ७३ जना, महोत्तरीका ३ जना,रौतहटका ८ जना, सप्तरीका ११ जना, सर्लाहीका ५ जना र सिरहका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९० जना, काभ्रेका १ जना चितवनका ३० जना, दोलखाका ७ जना, धादिङका १० जना, भक्तपुरका ३२ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २१ जना, गोरखाका ५ जना, तनहुँका ७ नवलपरासी पूर्वका १२ जना, लमजुङका २ जना, बाग्लुङका ३ जना र स्याङ्जाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ११ जना, कपिलवस्तुका ४ जना, दाङका ३ जना, नवलपरासीका २ जना, पाल्पाका १९ जना,प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका ६ जना र रुपन्देहीका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका १ जना, जाजरकोटका २ जना, जुम्लाका ५ जना, दैलेखका २ जना र सुर्खेतका ४४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ११ जना, कंचनपुरका ३ जना, कैलालीका २१ जना, डडेल्धुराका २ जना र बझाङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*