आईतबार तानियो रातो मच्छिन्द्रनाथको रथ

खबरपथ संवाददाता
२१ भाद्र २०७७, आईतवार २१:२३

ललितपुर । रातो मच्छिन्द्रनाथको रथयात्रा आईतबार भौतिक दुरी र कडा सुरक्षा सहित पुल्चोकबाट सोह्रखुटे पाटीसम्म तानिएको छ । गत चैत्रदेखि रोकिएको रथयात्रा निषेधआज्ञाको समय ललितपुर छिर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय ब्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो ।


कोरोना भाइरसको महामारीका कारण यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएपछि रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

कोरोना भाइरसको महामारीका कारण यसवर्ष छोटो रुपमा जात्रा सक्ने तयारी छ । अब ललितपुरवासीले आइतबार  ‘छ्वयलाभू’ र सोमबार ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुनेछ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जन जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

यसअघि बिहीबार रथ तान्न खोज्ने स्थानीय र प्रहरीबीच झडप भएपछि शुक्रबार क्षमापूजा गर्ने र रथ आइतबार सहमति भएको थियो । भीडभाड नहोस् भन्नलागीका रथ तान्न सीमित मानिस सहभागी भएका थिए भने भक्तजनले टाढैबाट दर्शन गरेका थिए । सूचना विभागको पत्रकार परिचयपत्र भएका पत्रकारलाई मात्रै प्रवेश दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*