गण्डकीमा थपिए ६७ संक्रमित

खबरपथ संवाददाता
२२ भाद्र २०७७, सोमबार ०८:३०

पोखरा । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशानलयका अनुसार संक्रमित हुनेहरुमा कास्कीका ३१ जना , नवलपुरका १५ जना , गोरखाका १८ जना र तनहुँका तिन जना छन् ।

कास्कीका सबै संक्रमितहरु पोखरा महानगरपालिकाका हुन । भने तनहुँका तिन जना ब्यास नगरपालिकाका हुन । नवलपुरकमा गैडाकोटका एक जना र देवचुलीका १४ जना रहेका छन् ।

गोरखाका १८ जना मध्य गोरखा नगरपालिकाका १६ जना र पालुटारका २ जना रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २,५९८ पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*