बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

खबरपथ संवाददाता
२२ भाद्र २०७७, सोमबार ०८:५२

नेपालगन्ज । बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८: ३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेस्थित इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा राखिएको थियो ।

तीन वर्षदेखि मुटुरोगको समस्यासमेत रहेका उनको  भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।

योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*