जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध हट्यो

खबरपथ संवाददाता
२२ भाद्र २०७७, सोमबार १७:०१

काठमाण्डौं । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले तीन वर्षपछि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् । मन्त्री अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखिलागू हुने गरी कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउँदै भूमि ब्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो । तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले ३ वर्ष अघि जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवार भित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिस सहितका अन्य प्रकियागत झन्झट हटेको छ ।
यसअघि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुले पनि यो व्यवस्था झन्झटिलो रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउने सहितको सुझाव मन्त्रालयलाई दिएको थियो ।
अख्तियारको सुझावपछि मन्त्रालयले जग्गा कित्ताकाटमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*