पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२२ भाद्र २०७७, सोमबार १७:४३

कठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले ३३८ जना महिला र ६४१ जना पुरुषमा कोरोना पुष्टी भएको बताउनुभएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १,७३६ जनामा कोरोना निको भएको छ । यससंगै हालसम्म कुल ३०,६७७ जनालाई कोरोना निको भएको डा.गौतमले जानकारी दिनुभएको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६,२५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।  मन्त्रालयका अनुसार ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्युहुने महिलाहरुमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला छन् जना छन् । यस्तै पुरुषहरुमा मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, झापाका १६ जना,पाँचथरका ६ जना, भोजपुरका एकजना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिरहका ४१जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखाका ३ जना, धादिङका ४ जना, झक्तपुरका १३ जना, मकवानपुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एकजना, लमजुङका १५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरासीका २ जना, पाल्पाका ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देहीका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका एकजना जुम्लाका एकजना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ७ जना, कैलालीका ३ जना, बझाङका एकजना र बाजुराका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*